नियम १२०
बरबुझारथ गर्नु पर्ने
(१) कार्यालयको नगदी, जिन्सी, मालसामान र लेखा तथा
आम्दानी श्रेस्ता आदिको जिम्मा लिने कर्मचारीले सरुवा, बढुवा भई वा अवकाश प्राप्त
गरी वा अन्य कुनै कारणले कार्यालय छाडी जाँदा वा सो कामबाट अलग हुँदा ऐनको तोकिदिएमा बाहेक एक्काइस दिनभित्र बुझाई दिनु पर्नेछ र बझ्नु पर्ने कर्मचारीले पनि
सोही म्यादभित्र बझ्नु पर्नेछ । यसरी बरबुझारथ गर्दा गराउँदा आफ्ना जिम्मामा रहेका
महत्वपूर्ण मूल्यवान औजार, उपकरण वा सामानहरू विभागीय प्रमुख वा कार्यालय
प्रमुखको रोहवरमा प्रमाणित गरी बरबुझारथ गर्नु गराउनु पर्नेछ ।
(२) प्रत्येक कर्मचारीले बहाली गर्न चाहेको दिनको सूचना साविकवालालाई
सकेसम्म चाँडो दिनु पर्नेछ र साविकवालाले पनि त्यही दिन बरबुझारथ गर्न तयार रहनु
पर्नेछ ।
(३) बरबुझारथ गर्ने काम सम्पन्न भएपछि त्यसको सूचना तालुक कार्यालयमा
पठाउनु पर्नेछ । हालवालाले बहाल गरी सकेको नभए साविकवालाले आफूभन्दा निकटतम
तल्लो कर्मचारीलाई बरबुझारथ गरी म्यादभित्र नयाँ कार्यालयमा बहाल गर्न जानु पर्नेछ र
सो कर्मचारीले पनि बुझी लिनु पर्नेछ ।
(४) बरबुझारथ हुँदा नगदी, जिन्सी मालसामान तथा अन्य श्रेस्ता आदिको हानी
नोक्सानी, हिनामिना भएको देखिएमा त्यस्ता हानी नोक्सानी वा हिनामिना जसको
लापरबाहीबाट हुन गएको हो सो कर्मचारीमाथि विभागीय कारबाही हुनेछ र उक्त
नोक्सानी वा हिनामिना भएको रकम असूल उपर गरिनेछ ।
(५) कुनै पनि कर्मचारीले बरबुझारथको निमित्त आफ्ना भाइ, छोरा वा पत्यारका
मानिस वारिस खडा गरी बझ्ने वा बुझाउने व्यवस्था गर्न सक्नेछ ।
(६) बरबुझारथ गर्ने कर्तव्य भएको कर्मचारी नोकरीबाट आवकाश लिई सकेको र
घर ठेगाना पत्ता नलागेको वा मरेको वा स्वास्थ्यको कारणबाट होस ठेगाना नभएको वा
बौलाएको रहेछ र त्यस्ता कर्मचारीले गर्नु पर्ने बरबुझारथ निजको परिवारका सदस्यले
गर्न चाहेमा निज वा निजले मन्जूर गरी पठाएको व्यक्तिबाट कार्यालय प्रमुखले तोकेको
व्यक्तिले बुझी लिनु पर्नेछ ।